दफा ३०
आयोगको बैठक
(१) आयोगको बैठक वर्षको कम्तीमा दुई पटक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई बैठक बीचको अवधि छ महिनाभन्दा बढीको फरकमा हुने छैन।

(३) आयोगको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ।

(£) आयोगको बैठक सञ्चालन सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम हुनेछ।